नेपालको सम

Saturday, February 10, 2007

"चोरलाई चौतारो"

गौतमदास श्रेष्ठलाई नेपाल वायुसेवा निगमको महाप्रबन्धक बनाएपछि निगम प्रशासन थप अस्तव्यस्त भएको छ । नवौं तहका गोवद्र्धन खड्कालाई मन्त्रीको आदेश भन्दै जबर्जस्ती १० औं तहमा बढुवा गरेर अर्थ विभागको निर्देशक
बनाइएपछि निगमभित्र असन्तुष्टिको लहर छाउन थालेको हो । खड्कालाई चार वर्ष नभई बढुवा गर्न नमिल्ने भनेर महाप्रबन्धक श्रेष्ठलाई त्यहाँका कर्मचारीहरुले सल्लाह दिँदै आएको भए पनि श्रेष्ठले जबर्जस्ती खड्कालाई निगमको ढुकुटी सुम्पिएको हो । यसका विरुद्ध बोर्डमा उजुरी परेको भए पनि अहिलेसम्म कुनै निर्णय भएको छैन । कुवेर शर्मा मन्त्री भएको बेला दिल्लीको स्टेशन मेनेजर भएर मोज गरेका खड्का शाही शासनका कट्टर समर्थक मानिन्छन् ।

निगम सूत्रका अनुसार खड्काकै निर्देशनमा विभिन्न स्टेशनहरुमा कर्मचारी सरुवा गर्दा मोटो रकम असुलेको बताइन्छ । शाही शासनकालमा जस्तै माथिको निर्देशन भन्दै लिलाम बढाबढको शैलीमा हङकङ पुगेका सन्तवीर िसंह थापा नेपालगन्जबाट सिधै सांघाई पुगेका केशरमान डंगोलले खड्कामार्फत् ुमाथिुका लाई मोटो नजराना चढाएका थिए । त्यसैगरी जापान पुगेका एनएन वैद्य रामप्रसाद खतिवडा दिल्लीका हरिओम पुडासैनी जितेन्द्रबहादुर श्रेष्ठ मलेसियाका युवराज अधिकारी बैंककका उपेन्द्र खड्का मुक्ति अधिकारीबाट पनि मोटो रकम असुलिएको कुरा खुल्नमा आएको छ । छैठौं तहमा ८६ जना कर्मचारी हुँदाहुँदै उनीहरुलाई कुनै अवसर नै नदिई पैसाकै भरमा विभिन्न स्टेशनमा सरुवा गरिएकाले लोकतान्त्रिक सरकारले पनि मकरतन्त्रकै अनुशरण गरेकोमा निगमका कर्मचारीहरु दुःखी बनेका छन् ।

त्यतिमात्र होइन श्रेष्ठ महाप्रबन्धकमा नियुक्त भएपछि निगम ुचोरलाई चौतारो साँधुलाई सुलीु चढाउने अखडाका रुपमा स्थापित हुन थालेको छ । यात्रुको ब्यागेज काटेर नगद जिन्सी चोर्ने लोडरहरुमाथि अहिलेसम्म कुनै कारबाही गरिएको छैन । बरु लोडरहरुमाथि कारबाही गर्नुपर् यो भन्ने एयरपोर्टका स्टेशन मेनेजर बिके िसंह र भीपी हाडालाई सरुवा गरेर त्यस ठाउँमा एनबी राईलाई पठाइएको छ । राई निगमका अर्का बद्नाम कर्मचारीका रुपमा चिनिन्छन् । उनले रिजर्भेसनमा रहँदा ठूलो घोटाला गरेको कुरा त्यहाँका कर्मचारीहरु बताउँछन् ।
यसैबीच निगम कर्मचारी संगठनका संयोजक राजेन्द्र रेग्मीले व्यवस्थापनसमक्ष ज्ञापनपत्र बुझाउँदै लोडरहरुमाथि कारबाहीको माग गरेका छन् । एयरपोर्टका लोडर कालुराम खड्का गोपाल शर्मा केपी पनेरु कृष्णबहादुर खड्का राजन उप्रेती र राजन थापा ुपटकेु हुन् । यसभन्दा अगाडि पनि यिनीहरु ब्यागेज काण्डमा परेर कारबाहीमा परेका थिए । तर अहिले महाप्रबन्धक श्रेष्ठले ुचोरलाई चौतारो साँधुलाई सुलीु भन्ने उखान चरितार्थ पार्दै यिनीहरुलाई उल्टै संरक्षण दिएका छन् । श्रेष्ठको यस्तो कि्रयाकलापप्रति कर्पोरेटका राजु केसी पनि वाक्कदिक्क भएका छन् । केसीलाई आÏनो पक्षमा ल्याउन हङकङ मकाउ काजमा पठाउने भनेर फकाए पनि अहिलेसम्म नपठाएको कारण केसी श्रेष्ठप्रति रुष्ट बनेको बताइन्छ ।

No comments: