>>वाईसिएल अपराध नियन्त्रणमा कि्रयाशील
काठमाडौं । यौङ कम्युनिष्ट लिग वाईसीएलका नाममा कि्रयाशील रहेको नेकपा माओवादी निकट संगठनले राजधानी लगायतका शहरी क्षेत्रहरुमा अपराधिक गतिविधि नियन्त्रणमा व्यापक सफलता हासिल गर्दैआएको छ । विभिन्न बहानामा ठगी गर्ने वैदेशिक रोजगारको प्रलोभनमा मानव बेचविखनका धन्दा गर्ने र बच्चा अपहरण गर्नेदेखि लिएर लेनदेनका मुद्दाहरुमा पनि वाईसीएल सफलताका साथ कि्रयाशील रहेको छ ।
वाईसीएलमा माओवादीका कार्यकर्ताहरु नै कि्रयाशील रहेको बताइन्छ । जनअदालत विघटन नगिरंदै चर्चामा आएको वाईसीएलले पछिल्लो पटक एउटा चिकित्सकको अपहरित बच्चा मुक्त गराउन सफलता हासिल गरेको र औषधि व्यवसायी देवीप्रसाद प्रसाईंलाई अपहरण गरिएको घटनामा अपहरणकारीबाट माग भएको एक लाख फिरौती रकम सहित रकम बुझ्ने अपहरणकारीका मतियारलाई पक्राउ गरी कार्बाही थालेका घटना विशेष चर्चित रहेका छन् । माओवादीको जनअदालत विघटन गरिएपछि वाईसिएलको कि्रयाशीलताले जनस्तरमा राम्रो प्रभाव छोडेको छ । वाईसिएलको कि्रयाशीलता भ्रष्टाचार नियन्त्रणतर्फ पनि हुनुपर्ने आवश्यकता भ्रष्टाचारजन्य गतिविधि हुने सरकारी कार्यालयबाट पीडितहरुले औंल्याएका छन् ।
प्रहरीको अनुसन्धान टोलीसँग समेत सहकार्य गरेर कुनै-कुनै घटनाहरुमा वाईसीएलले अपराध नियन्त्रणमा सहयोग पुर् याउँदैआएको छ । समाजमा लुकेर बसेका अपराधी व्यक्तिहरुलाई राजनीतिक दलका कार्यकर्ताहरुले पक्राउ गर्न सघाउने हो भने अपराध नियन्त्रणमा प्रहरीलाई राम्रो सफलता हासिल हुने प्रहरीका जिम्मेवार अधिकारीहरु बताउँछन् ।
No comments:
Post a Comment