>>लमजुङमा माओवादीद्वारा राजावादीको कार्यक्रममा आक्रमण
काठमाडौ २७ माघ २०६३ । कटट्र राजावादी राप्रपा नेपालले होटल टुकुचे लमजुङमा गरिरहेको कार्यक्रम माओवादी समर्थित अखिल नेपाल शिक्षक संगठनका कार्यकर्ताहरुले बिथोलि दिएका छन् ।
त्यस क्रममा माओवादी कार्यकर्ताहरुले ढुंगामुढा र लाठीसहित कुटपिट गरी राप्रपा नेपालका २ दर्जन नेता कार्यकर्ता घाइते बनाइदिएको छ । त्यस क्रममा राप्रपा नेपालका नेता मोहनलाल श्रेष्ठ, वनराज पहाडी हेमजंग गुरुङ, हरि रेग्मी, श्रीप्रसाद गुरुङ, भक्तबहादुर घले, गोपाल लामिछाने लगायत आधा दर्जन गम्भीर घाइते भएको लमजुङबाट प्राप्त समाचारमा उल्लेख छ ।
प्रहरीले त्यस घटना नियन्त्रणमा लिन कुनै चासो नदेखाएको घाइतेहरुले गुनासो गरेका छन् । घटनापछि केहीलाई माओवादी कार्यकर्ताहरुले कालो मोसो लगाई बजार परिक्रमा समेत गराएको छ ।
No comments:
Post a Comment