>> ७२ वर्षे भूमिगत नेताले नागरिकता लिए
नेपालको कम्युनिस्ट आन्दोलनका भूमिगत नेता मोहनविक्रम िसंहले ७२ वर्षको उमेरमा भूमिगत अवस्थामै नेपाली नागरिकता पाउनुभएको छ ।
हाल नेपाल कम्युनिष्ट पार्टी एकताकेन्द्र मसालका महामन्त्री रहनुभएका िसंहले ओखरकोट गाउँ विकास समितिको मच्छीस्थित आफ्नै निवासमा यही माघ १३ गते नागरिकता लिनुभएको हो । नागरिकता वितरणका लागि हाल गाउँ पुगेको नागरिकता टोलीका प्रमुख लीलाबहादुर राउत क्षेत्रीले स्थानीय बासिन्दाले दिएको सर्जमिन मुचुल्काका आधारमा िसंहको घरमा एक्लै भेटी सो नागरिकता दिनुभएको हो ।
रिमलगायत अन्तर्राष्ट्रिय राजनीतिक सङ्गठनहरुमा काम गरिसक्नुभएका िसंहले यसअघि दर्जनौँ देशहरुको भ्रमण गरिसक्नुभएको छ । यसअघि नागरिकता नै नलिनुभएका िसंहले राहदानी भने के कसरी बनाएर विदेश डुल्नुभयो सो भने हालसम्म खुल्न सकेको छैन । १९९२ साल वैशाख ३ गते जन्मनुभएका िसंहको नागरिकता नं। ५३३०१४/२४५ रहेको छ ।
िसंहलाई अन्य सर्वसाधारणलाई जस्तै सर्जमिन मुचुल्काको आधारमा वंशजको आधारमा नागरिकता प्रदान गरिएको नागरिकता टोली प्रमुख राउतले जानकारी दिनुभयो ।
प्युठानमा नागरिकता वितरणका लागि अहिले गाउँ-गाउँमा पुगेका ६ वटा टोलीले विभिन्न गाउँहरुमा विविध कारणले सदरमुकाम आएर नागरिकता बनाउन नसकेकाहरुलाई सेवा प्रदान गरिरहेका छन् । टोलीले बिहीबारसम्ममा साढे आठ हजारभन्दा बढी नागरिकता वितरण गरिसकेको र हालसम्म कुनै समस्या नआएको प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले जानकारी गराउनुभयो ।
स्रोत : स्वससे
No comments:
Post a Comment