>> मतदाता रहेकै स्थानमा मतदान गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन
काठमाडौ २६ माघ २०६३ । विभिन्न राजनीतिक दल निकट मजदुर संघ संगठनले मतदाता रहेकै स्थानमा मतदान गर्न पाउनुपर्ने माग गरेका छन् ।
ती संघ संगठनले काम विशेषले स्थानीय ठाउँबाट बाहिर रहेका मजदुरहरुलाई उनीहरु रहेकै स्थानमा मतदानको व्यवस्था गर्न माग गरेका हुन् । यसरी माग अघि सार्नेहरुमा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक, माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ, प्रगतिशील टे्रड युनियन फेडरेसन, प्रगतिशील ट्रेड युनियन महासंघ तथा अखिल नेपाल श्रमिक आन्दोलन लगायत छन् । उनीहरुले सोही मागसहित आज रत्नपार्कबाट र्याली निकालेका छन् । र्याली सुनधारा, त्रिपुरेश्वर हुँदै माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै मजदुर नेताहरुले राजनीतिक वक्तव्य दिने पश्चिम पृतनाका कायम मुकायम पृतनापतिलाई कारवाही गर्नुका साथै रायमाझी आयोगको प्रतिवेदन सार्वजनिक गरी जनआन्दोलनका दोषीलाई कारवाही गर्न माग गरेका थिए ।
No comments:
Post a Comment