नेपालको सम

Friday, February 9, 2007

>> प्रधानमन्त्री कोइराला गृहनगर विराटनगरमा

काठमाडौ २६ माघ २०६३। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आज गृहनगर विराटनगर पुग्नु भएको छ । आफ्नी भाउजु तथा कांग्रेस नेतृ नोना कोइरालाको १३ औं दिनको पुण्यतिथिमा सहभागी हुन उहाँ विराटनगर जानुभएको बालुवाटार स्रोतले जनाएको छ ।

विहान ११.३० बजे कोइराला निवास पुगेका प्रधानमन्त्री आज बढी भावुक देखिनु हुन्थ्यो । विराटनर जाँदा सधैं निवासको बरन्डामा बसेर सञ्चारकर्मीसँग कुरा गर्न रुचाउने कोइराला आज सरासर आफ्नो कोठातिर लाग्नुभएको थियो ।

यसैबीच प्रधान निवास पुग्ने बित्तिकै प्रधानमन्त्रीले पूर्वाञ्चलको सुरक्षा अधिकारीसँग भेट गर्नुभएको छ । भेटमा सेनाका प्रमुख बाहेक पूर्वाञ्चलका ३ वटै सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको छ । सुरक्षा अधिकारीले प्रधानमन्त्रीलाई पूर्वाञ्चलको सुरक्षास्थितिबारे जानकारी गराएका छन् । प्रधानमन्त्री आजै अपरान्ह राजधानी फर्कने पारिवारिक स्रोतले जनाएको छ ।

No comments: