>> बेलडाँगीस्थित शरणार्थी शिविरमा आगलागी
झापास्थित शरणार्थीहरुको शिविर बेलडाँगीमा शिविर व्यवस्थापनि सचिवालयसहित चार वटा कार्यालयमा गएराति आगो लागेको छ । राति करिब १२ बजे शिविर सचिवको कार्यकक्षबाट एक्कासी आगो लागेको थियो । आगोले सचिव कार्यालय, गोदाल, गार्ड बस्ने कार्यालय र त्यहाँ रहेका सबै कागजात र फर्निचर जलेर नष्ट भएका छन् । खरको छानो र बाँसबाट बनेका ती कार्यालयको आगजनीबाट दुई लाख बढीको क्षति भएको अनुमान गरिएको छ। आगोबाट जोगाउन राहत वितरण कार्यालय भने भत्काइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
No comments:
Post a Comment