नेपालको सम

Saturday, February 10, 2007

>> सैनिक कुटपिटविरुद्ध सडक अवरोध, मार्यादाविपरीत कार्य गर्ने सैनिक हिरासतमा

काठमाडौ २७ माघ २०६३ । नवलपरासी जिल्लाको दाउन्नेमा हिजो सैनिक जवानहरुले सर्वसाधरणहरुलाई कुटपिट गरेको विरोधमा स्थानीयबासीहरुले त्यस क्षेत्रको सडक खण्ड आज विहानदेखि अवरुद्ध तुल्याएका छन् ।
पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै स्थानीयबासीले सडक अवरुद्ध पारेपछि सयौं यात्रु र सवारी साधनहरु अलपत्र परेका छन । नवलपरासीको दाउन्नेस्थित नेपाल टेलिभिजनको रिपिटर्स टावरको सरक्षार्थ खटिएका सैनिक जवानहरुले हिजो जथाभावी रुपमा सर्वसाधरणलाई कुट्दा ३ जना स्थानीयबासी घाइते भएका छन् । मदिरा सेवन गरेका २ सैनिकहरुले स्थानीय थकाली होटलमा बसेका ३ जना स्थानीयबासीलाई कुटपिट गर्दा घाइते भएकाहरुमा १८ वर्षिय सन्त बहादुर गुरुङ, माया बुढाथोकी र सञ्जु गुरुङ रहेका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको जनाएको छ । यसैबीच सैनिक मुख्यालयले उनीहरुलाई कारबाही गर्ने जनाएपछि मध्यन्हबाट सडक अवरोध हटेको छ।
यसैबीच हिजो बेलुकी ९ः३० बजे जंगी अड्डामा कार्यरत सहसेनानी अखिम देव गुरुङले जाउलाखेलस्थित मुनलाइट रेष्टुरेन्टमा मादक पदार्थ सेवन गरी सैनिक अधिकृतको मर्यादा र आचरण विपरीत कार्य गरेको पाइएपछि उनलाई सैनिक हिरासतमा लिई आवश्यक कारवाही सुरु गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

No comments: