नेपालको सम

Friday, February 9, 2007

>>तराईको जनजीवन सामान्य

काठमाडौ २६ माघ २०६३ । सरकारले मधेशीहरुको मागलाई सम्बोधन गरेपनि विगत केहीदिनदेखि तनावग्रस्त रहेको पूर्वी तथा मध्य तराई क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ।
सबैभन्दा पहिला आन्दोलन चर्किएको सिराहाको लाहानमा आज बिहानैदेखि पसलहरु खुलेका छन् भने यातायातका साधनहरुसमेत सुचारु भएका छन् । यद्यपि बिहान ५ बजेदेखि ९ बजेसम्म थारु कल्याणकारी सभाले आयोजना गरेको चक्काजामका कारण सवारी साधनको आवागमनमा केहीसमय अवरुद्ध भएको थियो । लाहानका रहेका शिक्षण संस्थाहरु भने आज पनि खुलेका छैनन् । मधेशी जनअधिकार फोरमले आज बिहानै माइकिङ गरी पेसा व्यवसाय सुचारु राख्न आग्रह गरेको त्यहाँबाट एफएन न्युज सम्वाददाताले जनाएका छन् ।
बन्द फिर्ता भएपछि बिहानैबाट विराटनगरमा पनि यातायात र बजार सुचारु भएका छन् । असहज परिस्थिति र संचारकर्मीमाथि भएका धम्की र कुटपिट पछि बन्द रहँदै आएको विराटनगरमा स्थानीय तीन स्थानीय दैनिक पत्रिकाहरुको प्रकाशन समेत सुचारु भएको छ।

No comments: