>>देशव्यापी चक्काजाम, क्षतिपर्ूर्ति नदिदासम्म गाडी बन्द गरिने

काठमाडौँ, माघ ७/काठमाडौँ उपत्यकामा आइतबार निजी गाडी तथा मोटरसाइकल चले पनि भाडाका गाडीहरू चलेका छैनन् । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा भाडाका गाडी नचले पनि केही मात्रामा ट्याक्सी भने चलेका छन् ।
विभिन्न बहानामा गाडी तोडफोड गरिएको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आइतबारदेखि अनिश्चितकालीन चक्काजामको घोषणा गरेपछि देशका धेरैजसो भागमा गाडी चलेका छैनन् ।उपत्यकाभित्र चल्ने गाडी बन्द गरिएका कारण यात्रुहरू पैदल हिडिरहेका देखिन्छन् । चोकचोकमा मानिसहरूको जमघट देखिन्छ भने सडकमा पैदल हिँड्नेहरूको भीड छ । कलङ्की क्षेत्रमा यातायात व्यवसायीहरूले मालबाहक ट्रक, बस र माइक्रोबस तेर्र्स्याएर बाटो अवरुद्ध पारेका छन् । गौशाला, सातदोबाटो, घट्टेकुलो, मीनभवन लगायतका क्षेत्रमा पनि गाडी चलेका छैनन् । गाडी नचलेपछि राजधानीबाहिरबाट राती बसपार्क आइपुगेका यात्रुहरू बसपार्कमै अलपत्र परेका छन् ।

यसैबीच
नेपाल यातायत व्यवसायीले विभिन्न माग राख्दै गरेको चक्काजाम खुलाउन श्रम तथा यातायत व्यवस्था मन्त्रालयले पहल सुरु गरेको छ । यसक्रममा मन्त्रालयले यातायत व्यवसाहीहरूसँग सर्म्पर्क गरी वार्तामा आउन आहृवान गरेको मन्त्रालयका प्रवक्ता उद्धव वास्कोटाले जानकारी दिनुभयो । व्यवसायीहरूले भने श्रम तथा यातायत व्यवस्था मन्त्रालयसँग वार्ता नगरी गृह मन्त्रालयसँग मात्रै वार्ता गर्ने अडान राखेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आइतबारदेखि अनिश्चितकालीन चक्काजामको घोषणा गरेपछि देशका धेरैजसो भागमा गाडी चलेका छैनन् । पर्सर्ााधनुषा, महोत्तरी, चितवन, नवलपरासी, रुपन्देही, बाँके, बर्दियालगायतका जिल्लामा गाडी नचलेको हाम्रा सहकर्मीहरूले जनाएका छन् ।
महासङ्घले विभिन्न बहानामा गाडीमा गरिएको तोडफोडपछि गाडी चलाउन बाधा पुगेको भन्दै चक्काजाम गरिएकोे जनाएको छ । महासङ्घले गाडी तोडफोडप्रति सरकारले कुनै चासो नदेखाएको आरोप पनि लगाएको छ । तोडफोड भएका गाडीको तत्काल क्षतिपर्ूर्ति दिन र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्न पनि महासङ्घले सरकारसँग माग गरेको छ । उचित क्षतिपर्ूर्ति नदिइएसम्म देशभर कुनै पनि गाडी चल्न नदिने महासङ्घको अडान छ ।शुक्रबार लाहानमा माओवादीको गोली लागी एक बिद्यार्थीको मृत्यु भएको विरोधमा पर््रदर्शनकारीहरूले लामो तथा छोटो दूरीका ११ वटा गाडीमा आगजनी गरेका थिए ।

उता, यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आइतबारदेखि गरेको अनिश्चितकालीन देशव्यापी चक्काजामप्रति नेपाल यातायात मजदुर सभाले पनि र्समर्थन जनाएको छ । सभाले विज्ञप्ति जारी गदर्ैर्ैैातायात व्यवसायीहरूले आफ्ना गाडी नियमित चलाउन सक्ने अवस्था नरहेको जनाएको छ । विज्ञप्तिमा यातायात क्षेत्रमा कार्यरत सबै मजदुरको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग मागसमेत गरिएको छ ।
























No comments:
Post a Comment