>> हुदा -हुदा नेपालमा भगौडेहरुको पनि आन्दोलन्न्:
काठमाडौ ६ माघ २०६३ । देशमा दश वर्ष लामो द्वन्द्वका क्रममा भागेका र सेवा छोडेका प्रहरी र सेनाले आफ्नो पुनःबहालीको माग गर्दै चितवनको नारायणगढ बजारमा आज बिहान प्रदर्शन गर्दै दर्जन बढी सवारी साधनमा तोडफोड गरेका छन् ।
तोडफोडपछि सवारी साधनका धनीहरुले उचित क्षतिपुर्तिको माग गर्दै नारायणगढ बजारमा चक्काजाम गरेका छन् । चक्काजामका कारण चितवन भएर आवत जावत गर्ने यातायातका साधन ठप्प भएका छन् । प्रदर्शनकारी भने तोडफोडपछि भागेको बताइएको छ।
No comments:
Post a Comment