नेपालको सम

Saturday, January 20, 2007

>>लाहान बिहानैबाट पुनः तनावग्रस्त, सर्वदलीय बैठकको तयारी

काठमाडौ ६ माघ २०६३ । माओवादी कार्यकर्ताले चलाएको गोली लागेर सिराहाको लाहानमा एक विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर आज बिहान ९ बजेदेखि लाहानमा पुनः प्रदर्शन सुरु भएको छ।

समस्या समाधान लागि बोलाएको सर्वदलीय बैठकसमेत बस्न नसकेको त्यहाँबाट प्रप्त समचारमा जनाइएकोछ!बिहान ४ बजे कर्फ्यु समाप्त भएपछि केही छिन साम्य बनेको लाहान ९ बजेपछि पुनः तनावग्रस्त बनेको हो । ९ बजेपछि लाहानका भिविन्न चोकमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयको पहलमा सर्वदलीय बैठक १०.३० बजे लाहान इलाका प्रहरी कार्यालयमा बस्ने बताइएको छ। प्रमुख जिल्ला अधिकारीसहितको टोली सिराहाबाट हिडेको बताइएको छ। त्यसैगरी प्रहरी कार्यालयमा दलका नेताहरुसमेत जम्मा हुने क्रम सुरु भएको छ। बैठकमा सहभागी हुन माओवादीका केन्द्रीय सदस्य मात्रिका यादव स्वयम् त्यहाँ पुगेको माओवादी स्रोतहरुले बताएका छन् ।

प्रदर्शनकारीहरुले शुक्रबारको घटनाको छानविन गरिनुपर्ने माग गर्दै घटनामा प्रहरी दोषी रहेको आरोप लगाएका छन् । एफएन न्युज सम्वाददाताले जनाएअनुसार त्यहाँको वातावरण शुक्रबारको भन्दा बढी तनावग्रस्त रहेको छ। आज त्यहाँ कुनै पनि पसलसमेत खुलेका छैनन् । हिजो शुक्रबार रिक्साहरु सामान्यतः चलेको भए पनि आज रिक्सासमेत ठप्प रहेको छ। कर्फ्यु अवधिमा प्रहरीले स्कटिङ गरेर लामो दूरीका सवारी साधन संचलन गरेको भए पनि आज बिहान ९ बजेपछि ठप्प भएको छ।

शुक्रबार त्यहाँ भइरहेको प्रदर्शनका क्रममा पूर्वबाट राजधानी आइरहेका माओवादी नेता राम कार्कीसहितको टोलीमाथि प्रदर्शनकारीले आक्रमण गरेपछि भएको झडपमा माओवादीको गोली लागी मनकामना बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी १६ वर्षिय रमेशकुमार महतोको मृत्यु भएको थियो । माओवादी नेताहरु भने त्यहाँबाट भागेर उदयपुर पुगेका थिए । प्रदर्शनकारीहरुले सो क्रममा १४ भन्दा बढी सवारी साधन जलाएर नष्ट गरिदिएका थिए ।

No comments: