नेपालको सम

Tuesday, January 16, 2007

>>माहाँ मन्डले नेताले भने:अन्तरिम संविधानले काल निम्त्याउछ

हिजोको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै माहाँ मन्डले नेताका रुपमा परिचित नेता शुर्यबहादुर थापाले अन्तरिम संविधान दुर्धटनाको कारण हुने दावी गरेका छन् ।शक्ति सन्तुलनका हिसवाले संविधानमा त्रुटिरहेको दावा गर्दै उनले यो संविधान जस्ताकोतस्तै जारी भएमा यसले अधिनायकबादको जन्म गराउने उनको तर्क थियो । सदनमा कपिरव १५ मिनेट बोलेका माहाँ मन्डले थापाले पटक पटक यसले मुलुकलाइ दुर्घटनामा पुर् याउने बताएका थिए ।पाचायति नेताका रुपमा परिचित थापाले केही साता अगाडि मात्र राजा ज्ञानेन्द्रसंग भेट गरेका थिए । उनले राजासंगको भेटमा आफ्नो शुरक्षाका लागि प्रधानमन्त्रीसंग कुरा गर्न आग्रह गरेका थिए । मन्डले थापाले आफ्नो सम्बोधनको लामो समय राष्ट्र प्रमुखको रुपमा राजालाई स्विकार नगरिएकोमा अशन्तुष्टिी प्रकट गरेका थिए ।

No comments: