>>राजतन्त्रको अन्त्य भएको तर यसको औपचारिक घोषणा गर्न मात्र बाँकी : महरा
हिजो रति अन्तरिम संविधान प्रस्तुत गर्नु अगाडि माओवादीका संसदिय दलका नेता कृष्णबहादुर महराले सम्बोधन गरेका थिए । सदनमा सम्बोधन गर्दै महराले अन्तरिम संविधानको मनोनयनसंगै राजतन्त्रको अन्त्य भएको तर यसको औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको बताए ।युद्धकालीन जटिल अवस्था पार गरेर संसदिय अभ्यासका सहभागि हुन आइपुगेको आफ्नो पार्टीले सदनको रचनात्मक कार्यको लागि सधै सहयोग गर्ने महराले बताए ।अन्तरिम संसदमा माओवादीका ८३ सांसदका साथ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डा। बाबुराम भट्टराई लगायतका नेताहरुको सहभागिता रहेको थियो ।अन्तरिम संविधानको सभामुख हिजै चयन गर्ने चर्चा चलेतापनि सो विषयमा कुनै निर्णय हुन सकेन । प्रतिनिधि सभाको विघटनसंगै बनेको अन्तरिम संसदको अध्यक्षता बलबहादुर राईले गरेका थिए ।
No comments:
Post a Comment