>> मानवअधिकार उच्चायुक्त लुइस आर्वरद्वारा सिन्धुपाल्चोक भ्रमण
सिन्धुपाल्चोक । माघ ९ गते
संयुक्त राष्ट्रसंङ्घीय मानवअधिकार उच्चायुक्त लुइस आर्वरद्वारा माघ ९ गते जिल्लाका द्वन्द्व पीडित, दलित, राजनीतिकमा सक्रिय महिलाहरूको बीचमा अन्तक्रिर्यात्मक छलफल गरी उनिहरूको अवस्था बारे जानकारी लिने र पुनस्थापित प्रहरी चौकी माथी माओवादीले पुर्याएको अवरोधको बारे निरिक्षण गर्ने काम भयो ।
र्इर्खु गाविस स्थित र्इर्खु निमाविको भवनमा कडा सुरक्षाका साथ गएका लुइस आर्वरले सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रका महिलाहरू संग गोप्य छलफल गरेका थिए । छलफलमा दश वर्षम्म माओवादी जनयुद्धमा संलग्न भएकी १ जना महिला, द्वन्द्व पीडित ४ जना, राजनीतिमा संलग्न १ जना, घरेलु हिंसामा परेकी १ जना, महिला विकास कार्यालयकी १ जना, प्रहरी महिला सेलकी १ जना, दलित २ जना सामाजिक कार्यकर्ता १ जना गरी १३ जना महिलाहरूसँग छलफल भएको थियो ।
यसैगरी, वलेफी प्रहरी चौकीमा पुगी प्रमुख जिल्ला अधिकारी जीवन ओली र डिएसपी सहकुल थापासँग चौकी पुन:स्थापनामा भएको अवस्था बारे जानकारी लिने काम आर्वरबाट भएको थियो । गत मंसिर ८ गते माओवादीले वलेफीमा प्रहरी चौकी पुनर्स्थापनामा अवरोध पुर्र्याएका थिए ।
No comments:
Post a Comment