>>समस्याप्रति म पनि जिम्मेवार छु ः प्रधानमन्त्री
काठमाडौँ, माघ ९/मुलुकमा उत्पन्न पछिल्ला समस्यामा आफू पनि जिम्मेवार रहेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले स्वीकार गर्नुभएको छ ।
नेपाली काङ्ग्रेस संसदीय दलको मङ्गलबारको बैठकमा काङ्ग्रेस सभापति कोइरालाले भन्नुभयो- "देश अहिलेको अवस्था आउनुमा गृहमन्त्रीमात्रै नभएर म पनि जिम्मेवार छु ।" देशमा बढिरहेका अराजक गतिबिधिमा माओवादीलाई एकपछि अर्को गर्दै मुछिएकाले त्यसप्रति सचेत रहन उहाँले माओवादीलाई आग्रह गर्नुभयो ।
विभिन्न पक्षले राखेका मागप्रति इङ्गित गर्दै प्रधानमन्त्री कोइरालाले त्यस्ता आवाज संसदमा उठेपछि मात्र समस्याको समाधान हुने स्पष्ट पार्नुभयो । देशमा कानुन र निर्देशनको कमी रहेको स्वीकार्दै प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्रीको हैसियतले आफू पनि त्यसमा जिम्मेवार रहेको स्वीकार्नुभयो । "देशमा रहेको कानुन र निर्देशनको कमीप्रति म आफै असन्तुष्ट छु"- उहाँले भन्नुभयो ।
एउटा समस्याबाट छुटकारा पाउनासाथ अर्को समस्या आउने गरेको बताउँदै प्रधानमन्त्री कोइरालाले अहिलेको अवस्थामा सबैलाई जिम्मेवारीपर्ूवक काम गर्न आहृवान गर्नुभयो । सरकारले संविधानसभालाई प्राथमिकता दिएको छ भन्दै उहाँले सांसद तथा पार्टर्ीीार्यकर्ताहरूलाई गाउँमा गएर चुनावको वातावरण बनाउन निर्देशन दिनुभयो ।
यसैबीच नेपाली काङ्ग्रेसको संसदीय दलको बैठकले पार्टर्ीीभापति गिरिजाप्रसाद कोइरालालाई नै संसदीय दलको नेता यथावत राख्ने निर्ण्र्ाागरेको छ । त्यस्तै बैठकले मुख्य सचेतकमा आनन्दप्रसाद ढुङ्गानालाई पनि यथावत राख्ने निर्ण्र्ाागरेको छ ।
स्वससे

No comments:
Post a Comment