नेपालको सम

Tuesday, January 9, 2007

>>बालक भगाउँदै गर्दा पक्राउ

काठमाण्डौ जनवरी, ९
जागिर खुवाउन भनी ललाईफकाई १२ वर्षिय एक बालकलाई लिएर भाग्दै गरेका दुई व्यक्तिलाई चण्डेनी गाविस-६, काभ्रेका वासिन्दाले पक्राउ गरेका छन् ।सोही गाविस-४ का बुद्धिमान वाइवाका छोरा दिलबहादुरलाई धेरै पैसा कमाउने जागिर दिन्छौं भन्दै काभ्रेको दोलालघाटतर्फ लाँदै गरेको अवस्थामा हिजो साँझ सिन्धुपाल्चोक जिल्लाका ६० वर्षिय बाबुराम माझी र ३९ वर्षिय फूलमान वाइवालाई स्थानीय वासिन्दाले पक्राउ गरेका हुन् ।ती दुबै जनालाई हिजो इलाका प्रहरी कार्यालय पाँचखालमा बुझाइएको स्थानीय वासिन्दा हीराबहादुर वाइवाले जानकारी दिएका छन् ।

No comments: