नेपालको सम

Tuesday, January 9, 2007

>>घाइतेको उपचार र क्षतिपुर्ति माग गर्दै प्रदर्शन

काठमाडौ २५ पुस २०६३ । ट्रकको ठक्करबाट हिजो एकै परिवारका २ बालबालिकाको मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयबासीले ललितपुरको सातदोबाटोमा यातायात अवरुद्ध गरेका छन् ।
मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारवाहीको माग गर्दै उनीहरुले आज १०ः४५ बाट सातदोबाटो चोकमा प्रदर्शन गर्दै सवारी साधन रोकेको प्रहरीले जनाएको छ । सातदोबाटोमा अवरोधका कारण पुरै रिङरोडमा यातायात प्रभावित भएको छ । पीडित पक्ष र सवारी धनीबीच वार्ता गराउन पहल भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
सातदोबाटोबाट कोटेश्वर जाँदै गरेको बा २ ख ९१८ नक्बरको ट्रकले सोही दिशामा रहेको बा १४ प ५२८४ नम्बरको मोटरसाइकललाई हिजो विहान ठक्कर दिदा मोटरसाइकलमा सवार १२ वर्षिया सुयसा खड्का र ८ वर्षका निश्चल बस्नेतको मृत्यु भएको थियो । मोटरसाइकल चालक पवन बस्नेत घाइते छन् । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले हिजै नियन्त्रणमा लिएको छ ।

No comments: