नेपालको सम

Tuesday, January 9, 2007

>>युवाहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको चर्चा

यही जनवरी ७ मा जर्मनीको फ्रयाङफर्टमा सम्पन्न साम्राज्यवाद, साम्राज्यवादी विरोधी आन्दोलनमा युवाहरुले खेल्नुपर्ने भूमिका विषयक एक दिने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको जनयुद्ध र अप्रीलमा भएको जनआन्दोलनले व्यापक चर्चा पाएको छ ।डेमोक्रेटिक युथ मुभमेन्ट युरोपको आयोजनामा भएको उक्त १ दिने अन्तर्राष्ट्रिय सम्मेलनलाई विश्व जनप्रतिरोध आन्दोलन, युरोपका प्रतिनिधिले आफ्नो संगठन साम्राज्यवाद विरोधी आन्दोलनलाई नेतृत्व गरिरहेको र नेपाली जनताले चलाएको माओवादी जनयुद्ध साम्राज्यवाद विरोधी आन्दोलन भएकै कारण आफूहरुले विभिन्न कार्यक्रमहरु, किरण र गौरव लगायतका नेपाली राजबन्दीहरुको रिहाईको पक्षमा संघर्ष चलाएको जानकारी गराउँदै अहिले साम्राज्यवाद विरोधी सबै संघ/संस्थाहरु ऐक्यबद्ध भई आन्दोलित बन्नुपर्नेमा जोड दिइएको थियो ।उक्त सम्मेलनलाई रेड ब्लक इटालीका प्रतिनिधिले सम्बोधन गर्दै साम्राज्यवाद विरोधी आन्दोलनको नेतृत्व माओवादीले गर्नुपर्ने आवश्यकतामाथि जोड दिदै साम्राज्यवादी तथा पूँजीवादी मुलुकहरुमा जनयुद्धको बलद्वारा नै सर्वहारावर्गले राज्यसत्ता स्थापना गर्नुपर्ने भएकोले अहिले साम्राज्यवाद विरोधी आन्दोलनलाई जनयुद्धसँग संयोजन गर्नुपर्ने र त्यसका लागि फ्रान्समा गत साल युवाहरुले गरेको विद्रोह, नेपालको माओवादी जनयुद्ध र काठमाडौं विद्रोहको फ्युजनलाई अहिलेका साम्रँज्यवादी मुलुकमा भित्राउने दायित्व यस शताब्दीका युवाहरुको काँधमा आएको उल्लेख गर्नुभयो ।सोही अवसरमा संयुक्त नेपाली मोर्चा युरोपका विनोद तिवारीले साम्राज्यवादीहरुले लादेका अन्यायपूर्ण युद्धका साम्राज्यवादको विरुद्ध विश्व जनमत बन्दै गएको र यसले वस्तुतः विश्व जनक्रान्तिलाई नै संकेत गरेकोले २१ औं शताब्दी साम्राज्यवाद र विश्व सर्वहारा वर्गको भिषण लडाईको शताब्दी हुने र अन्ततः जनयुद्धको बलमा सर्वहारा वर्गले विजय प्राप्त गर्ने चर्चा गर्दै साम्राज्यवादीहरुले यो शताब्दीको सुरुवातमै नेपालबाट पराजय भोगिसकेको जानकारी गराउँदै विश्व साम्राज्यवाद विरोधी आन्दोलनको सिर्जना गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले अहिलेका युवाहरु साम्राज्यवादको पतन गर्न सुधारवाद, अराजकतावादी वा अतिवादको मार्गबाट गर्न नसकिने बरु त्यसको पतनका लागि नेपालमा अत्यन्त ठूलो संख्यामा युवाहरुको सहभागितासहित नेपाली जनताले चलाएको मालेमावाद र प्रचण्डपथको मार्गबाट गर्न सकिने भएकोले सबै युवाले नेपाली जनयुद्धलाई ठिक ढंगले बुझ्न र आफ्नो देश अनुकुलमा प्रयोग गर्न आग्रह गर्नुभयो ।सम्मेलनलाई आयोजक संस्थाका प्रतिनिधिले सम्बोधन गर्दै आफूहरुको यो पहिले कदम भएको जानकारी गराउँदै सबै साम्राज्याद विरोधी युवाहरु आज पूँजीवादी-साम्राज्यवादी व्यवस्थाको शिकार भएको र उनीहरुले नेपाली युवाहरुबाट शिक्षा लिदै साम्रँज्यवाद विरोधी आन्दोलनको विकास गर्न जोड दिनुभयो ।फ्रान्स, टर्की, आइएलपिएसलगायत अन्य देशका युवा प्रतिनिधिहरु सबैले नेपाली युवाहरुले जनयुद्ध र जनआन्दोलनमा खेलेको भूमिकाबाट संसारभरिका युवाहरुले शिक्षा लिनुपर्ने आवश्यकतामाथि जोड दिदैं साम्रँज्यवाद विरोधी सबै शक्तिहरु एकीकृत हुनुपर्ने आवश्यकता महशुस गरेका थिए ।

No comments: