>>मोरियार्टीद्वारा माओवादी कदमको स्वागत
१९ जनवरी,२००७ । अन्तरिम व्यवस्थापिकाको गठनसँगै नेकपा माओवादीले आफ्ना समानान्तर सरकार र जनअदालतहरू भङ्ग गरेकोमा नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले स्वागत गर्नुभएको छ । शुक्रबार बिहान राजधानीमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूसँगको अन्तर्क्रियामा राजदूत मोरियार्टीले राजनीतिक उपलब्धिसँगै यो साता नेपाल र नेपाली जनताका लागि ऐतिहासिक भएको प्रतिक्रिया दिनुभयो ।
राजदूत मोरियार्टीले विगतमा माओवादीले आफ्ना निर्णयहरू कार्यान्वयन नगरेको स्मरण गराउँदै पछिल्ला निर्णयहरू तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । मोरियार्टीले नेपालको शान्ति प्रक्रियामा राष्ट्रसङ्घको रचनात्मक भूमिकालाई अमेरिकाले स्वागत गर्ने बताउनुभयो ।
No comments:
Post a Comment