>>कालापानीमा भारतीय सीमासुरक्षा बल तैनाथ
काठमाडौं- भारतले नेपालको अतिक्रमित भूमि कालापानीमा आफ्नो सीमा सुरक्षाबल (एसइसबी) तैनाथ गरेको छ । कालापानीलगायत मुलुकका अन्य भूभागमा भारतीय फौज हट्नुपर्ने आवाज उठिरहेको बेला भारतले दार्चुलाका स्थानीय सुरक्षा अधिकारीलाई बैठकमा बोलाएर कालापानीमा सीमासुरक्षा बल राखिएको जानकारी गराएको हो । यसअघि कालापानीमा भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) राखिएकोमा सन् २००७ को नयाँ वर्षदेखि भारतले कालापानीदेखि टनकपुरसम्म प्रत्येक ६, ६ किलोमिटरको दूरीमा भारतीय सीमाबलको सुरक्षापोष्ट खडा गरेको छ । स्वससे
No comments:
Post a Comment