>> महेन्द्रको शालिक भत्काइयो
धनकुटा - धनकुटा नगरपालिका कार्यालय परिसरमा रहेको राजा महेन्द्रको शालिक माओवादी समर्थक विद्यार्थी र युवाहरूले भत्काइदिएका छन् । अनेरास्ववियु क्रान्तिकारी र योङ्ग कम्युनिष्ट लिग धनकुटाको नेतृत्वमा रहेका युवाहरूले निरङ्कुशताको प्रतिक भन्दै राजा महेन्द्रको शालिक भत्काएका हुन् ।नेपालबाट राजतन्त्रको समुल नष्ट गर्ने अभियानअन्तर्गत राजा महेन्द्रको शालिक भत्काइएको कम्युनिष्ट लिग धनकुटाका संयोजक निर्मल राईले बताउनुभयो । अनेरास्ववियु क्रान्तिकारी धनकुटाका कोषाध्यक्ष अग्निप्रसाद दाहालले अन्तरिम संविधानको घोषणापछि राजतन्त्रको अन्त्य भएको हुँदा प्रतीकको रूपमा शालिक भत्काइएको बताउनुभयो । स्वससे
No comments:
Post a Comment