नेपालको सम

Wednesday, January 17, 2007

>>सिंगापुर पठाउने भन्दै १० ब्यक्ति ठगिए

उर्लाबारी- वैदेशिक रोजगारीको क्रममा मोरङका १० युवा दलालबाट ठगिएका छन् ।यसरी ठगिनेहरूमा मधुमल्ला गाविसका रेवत मगर, राजकुमार लावती, प्रकाश राई, सरोज राई, सुमन निरौल्ाा, निर्मला थापा, मीना राई, गोमा मगर, कुमार राई र उर्लाबारीका सरस्वती बस्नेत छन् ।धरानका ज्ञानबहादुर राईले गत कात्तिक महिनामा नै सिंगापुर पठाउछु भनी आफूहरूबाट जनही २५ हजार रुपैंया लिएकोमा हाल उनी फरार रहेको पीडित सरस्वती बस्नेतले बताइन् । यसैबीच मोरङको उर्लाबारीमा असक्त अवस्थामा महिना दिनदेखि अलपत्र परेकी एक असहाय महिलालाई सोमबार उद्धार गरिएको छ ।स्थानीय उर्लाबारी गाविसस्थित धर्मशालामा धेरै दिनदेखि रोग र भोगले छटपटाइरहेकी ती असहाय महिलाको बारेमा विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित भएपछि धरानस्थित अपाङ्ग पुनःस्थापना तथा असहाय केन्द्रले तिनलाई उद्धार गरेको हो ।अन्दाजी ४५/४६ वर्षकी बोल्न नसक्ने ती महिलालाई उर्लाबारीका सञ्चारकर्मी, जेसिसकर्मी र प्रहरीको सहयोगमा उक्त संस्थाको जिम्मा लगाइएको थियो ।

No comments: