>>विघठित शाही आयोगका पदाधिकारहरुहरुलाई बयानका लागि पुर्जी
काठमाडौ १९ पुस २०६३ । विघठित भ्रष्टाचार नियन्त्रण शाही आयोगमाथि छानविन गर्न गठित आयोगले सो आयोगका तत्कालिन अध्यक्ष भक्तबहादुर कोइरालासहित ६ जना सदस्यलाई बयानका लागि पत्र काटेको छ।
आयोगले मंगलबार पत्र काटेकाहरुमा बहालवाला न्यायाधीश शंभुबहादुर खड्का पनि छन् । माघ १९ को राजाको कदमलगत्तै भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै गठन गरिएको शाही आयोगमा सदस्य सचिव रहेका जिल्ला न्यायाधीश खड्का र सदस्य शंभु खनाललाई आयोगले बिहीबार बयानका लागि बोलाएको छ। आयोगका प्रवक्ता उत्तम भट्टाराईले दिनुभएको जानकारीअनुसार दुई सदस्य हरिबाबु चौधरी र रघुचन्द्रबहादुर सिंहलाई २१ गते र अर्का सदस्य प्रेमबहादुर खातीलाई २३ गते बयानका लागि बोलाइएको छ।
तत्कालनी शाही आयोगका अध्यक्ष भक्तबहादुर कोइरालालाई आयोगले पुस २४ गते बयानका लागि उपस्थित हुन पुर्जी काटिएको छ। आयोगले पठाएको पत्रमा तपाईहरुसँग केही बुझ्नु पर्ने भएकाले तोकिएको मितिमा उपस्थित हुनुहोला भन्ने बेहोरा उल्लेख छ। निर्धारित मितिमा उपस्थित नहुनेलाई सुरक्षाकर्मीको सहयोगमा गिरफ्तार गरी उपस्थित गराइने आयोगले पहिला नै स्पष्ट गरिसकेको छ ।
राजाको कदममा सबैभन्दा बढी विवादमा परेको शाही आयोगलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफै मुद्दाको अनुसन्धान, जाहेर र फैसला गर्ने असीमित अधिकार दिइएको थियो । सो आयोगले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत दर्जनौ राजनीतिककर्मी र प्रशासकमाथि भ्रष्टाचारको मुद्दा चलाएको थियो । पछि सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै सो आयोग खारेज गरेको थियो ।
No comments:
Post a Comment