नेपालको सम

Wednesday, January 3, 2007

>>चितवनमा पुनः गैडा मारियो, साउनयता मात्र १२ मारिए

काठमाडौ १९ पुस २०६३ । चोरी शिकारीले चितवनको शक्तिखोर गाविसमा फेरि अर्को एक गैंडा मारेका छन् । स्थानीय उदय सामुदायिक वनको चिसापनी भन्ने स्थानमा गोली हानी अर्को गैंडा मारेको प्रहरीले जनाएको छ ।
मारिएको गैंडाको खाग भने शिकारीले लगिसकेका छन् । यो सहित चितवनमा चोरी शिकारीबाट साउनयता मारिने गैंडाको संख्या १२ पुगेको छ । माओवादी छापामारको तेस्रो मुुख्य डिभिजन र बेथान स्मृति बि्रगेडको बीचमा रहेको चिसापानी जंगलमा यो गैंडा मारिएको हो । गैंडा मारेको स्थानमा गएका सशस्त्र वन रक्षकलाई मंगलबार दिउँसो माओवादी छापामारले फर्काइदिएका छन् । हतियारसहितका वन रक्षकलाई हाम्रो क्षेत्रबाट जान दिदैनौं भन्दै माओवादीले वन अधिकृत सहितको टोलीलाई फर्काइदिएको चितवनका सहायक वन अधिकृत लोकराज नेपालले बताउनुभयोा ।
हाल घटनास्थलमा विना हतियार जिल्ला वन कार्यालयका कर्मचारीलाई पठाइएको उहाँले जानकारी दिनुभयो । चितवनमा साउनयता यो समेत १२ गैंडा चोरी शिकारीले मारेका छन् । चितवन निकुञ्जभित्र ३ वटा गैंडा मारेका थिए भने ३ वटा मध्यवर्ती क्षेत्रमा र अन्य ६ वटा बरण्डाभाट जंगलमा मारिएका छन् । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा पुर्‍याइएका ८४ गैडासमेत हाल मारिइसकेको बताइएको छ।

No comments: