>>पूर्व गाविस उपाध्यक्षको शव फेला
म्याग्दी । पुस १६ गते
दुई दिन देखी बेपत्ता भगवती गाविसका पूर्वउपाध्यक्ष ४७ वर्षीय प्रेमबहादुर भण्डारीको शव ०६३ पुस १६ गते बिहान ८.०० बजे उनकै खरवारीमा स्याउलाले छोपेको अवस्थामा फेला परेको छ । घटना स्थिल सदरमुकाम बेनीदेखि ७ किमी उत्तरमा पछै ।
घटना स्थिल पुगेर फर्केका प्रहरीका अनुसार भण्डारीको टाउकोको पछिल्लो भागमा दुईवटा गहिरो चोट रहेको छ भने शव घिसार्दै केही पर लगेर स्याउलाले छोपेको अवस्थामा थियो । घटना प्रकृति अनुसार भण्डारीको सुनियोजित हत्या भएको प्रहरीले ठहर गरे पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।
दाउरा काट्न भगवति गाविस-९ र्रुइसे स्थित आफ्नै खरवारीमा पुस १४ गते दिउँसो गएका भण्डारी पुस १५ गते पनि नफर्के पछि खोजी गर्दा पुस १६ गते खरवारीमा उनको शव आफन्तले फेला पारेका थिए । प्रहरीले शव जिल्ला अस्पतालमा ल्याई पुर्याएको भए पनि रात परेको कारण पोष्टमार्टम भोली मात्र हुने म्याग्दी अस्पतालले जनाएको छ ।
No comments:
Post a Comment