नेपालको सम

Monday, January 1, 2007

>>बस र पर्यटन व्यवसायीका कारण यात्रु मर्कामा

काठमाडौ १६ पुस २०६३ । पर्यटक बोक्ने बसले नेपाली बोक्न नपाउने भन्दै पृथ्वी राजमार्ग बस व्यवसायी समितिले आज पर्यटक बसहरु रोकेपछि पोखराबाट बाहिरिने सवारी साधन चल्न सकेनन् ।
पोखराको लेकसाइडस्थित पर्यटक बसपार्कबाट छुटेका बसलाई पृथ्वीचोकमा अवरोध पुर्‍याएपछि पर्यटक बसहरु दिनभर सडकमा तेर्साएर राखियो । पोखरामा संचालन भइरहेको सडक महोत्सव हेर्न त्यहाँ पुगेका पर्यटकहरु बस रोकिएपछि अलपत्र परेका छन् ।
पृथ्वी राजमार्ग बस व्यवसायी समितिले यातायात ऐनले नै हरियो प्लेटको बसले नेपाली यात्रु बोक्न नपाउने व्यवस्था गरेको बताएका छन् । यातायात व्यवस्था ऐन, २०४९ मा पर्यटक भन्नाले विदेशी जनाउने उनीहरुको दावी छ ।
नेपाल टुर्स एण्ड टुर्सका क्षेत्रीय अध्यक्ष हरि शर्माले भने पर्यटक ऐन, २०५३ ले पर्यटक एक ठाउँबाट अर्को ठाउँमा जाने नेपाली नागरिक आन्तरिक पर्यटक हुने स्पष्ट व्यवस्था गरेकाले पर्यटक बसमा नेपाली चढ्न पाउने दावी गरेका छन् ।

No comments: