नेपालको सम

Tuesday, January 23, 2007

>>सरकारद्वारा जनअधिकार फोरमलाई वार्तामा आउन आव्हान

काठमाडौ ९ माघ २०६३ । सरकारले आन्दोलनरत मधेशी जनअधिकार फोरमलाई वार्ताको लागि आव्हान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको मन्त्रिपरिषदको विशेष बैठकले सिराहामा बढ्दै गएको हिंसाको अन्त्य वार्ताको माध्यमबाटै गरिनुपर्ने निष्कर्ष सहित फोरमलाई औपचारिक रुपमै वार्तामा बोलाएको हो ।

साथै बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति दिने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिन ठोस कदम चाल्न प्रशासनलाई चुस्त बनाउने लगायतका निर्णयहरु गरेको उपप्रधानमन्त्री अमिक शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारका निर्णय हिजो अपरान्ह ८ दलको बैठकमा आएको सुझावमा केन्द्रीत थियो ।

यसैबीच आन्दोलनरत मधेशी जनअधिकार फोरमले आफूहरु पनि वार्ताको लागि तयार रहेको बताउँदै सरकारको भनाइ लिखित र आधिकारिक रुपमा आउनुपर्ने बताएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादवले तराईको समस्या समाधान गर्न सरकार तयार भए आफूहरु तत्काल वार्तामा बस्न तयार रहेको बताउनुभयो ।

No comments: