नेपालको सम

Monday, January 22, 2007

>>चक्काजमका कारण उपत्यकाको सेन्टअप टेष्ट परीक्षा स्थगित

काठमाडौ ८ माघ २०६३ । राजधानी उपत्यकाका तीन वटै जिल्लाका सरकारी विद्यालयका नियमित र निजी विद्यालयका आजको सेन्टअप टेष्ट परीक्षा यातायात व्यवसायीहरुले गरेको अनिश्चितकालीन चक्काजामका कारण स्थगित भएको छ।
यातायात व्यवसायीहरुले सवारी सुरक्षासहितको १० सूत्रीय माग गर्दै चक्काजाम गरेका कारण उपत्यकाको सवारी आगमन आज पनि प्रभावित भएपछि आजको सामाजिक शिक्षा विषयको परीक्षा स्थगित गर्नुपरेको काठमाडौको जिल्ला शिक्षा अधिकारी दुर्गानाथ गौतमले जानकारी दिनुभएको छ।
यसअघि आइतबार गणित विषयको परीक्षा पनि स्थगित भएको थियो । स्थगित भएको परीक्षाको अर्को मिति सूचना प्रकाशित गरी पछि जानकारी गराइने गौतमले बताउनुभयो ।

No comments: