>>दीपेन्द्रकी देवयानी अन्ततः दुलही
आफ्ना प्रेमी दीपेन्द्रसहित दरबार हत्याकाण्डमा मारिएपछि विरक्तिएर नेपालबाट पलायन भएकी देवयानी राणाको अन्ततः दुलही बन्ने साइत जुरेको छ । उनी २१ फेबु्रअरी अर्थात् ९ फागुनमा स्वयंवर गरेर दिल्लीस्थित ग्वालियर हाउसबाट बिदावारी हुनेछिन् । स्वयंवरमा सत्तारुढ भारतीय कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसहित एक सय ५० जना भारतीय राजनीतिक व्यक्तित्वहरुको सहभागिता रहने भएको छ । यी सबै राजनीतिज्ञहरु दुलाहा पक्षबाट आमन्त्रितका रुपमा उपस्थित हुनेछन् ।
स्वयंवरमा दुलहीपक्षबाट भने कास्मिर, ग्वालियर, कपुरथला, बा“सी र बरोडाका राजा-महाराजाहरुसहित तीन सय ५० जना निम्तालू आउनेछन् । वैवाहिक समारोहको अन्तिम दिन फागुन ११ गते केटाका तर्फाट पा“च सय ६० जना जन्तीहरु र केटीका पक्षबाट २०८० वटा निम्ता कार्डहरु वितरण गरि“दैछ । सो दिन देवयानी मावली घरबाट बिदावारी भई इन्दिरा गान्धी अन्तर्रर्ााट्रय विमानस्थलछेउको रजौरी फार्मसमा भित्रनेछिन् । दुलाहा परिवार न्यूनतम मूल्य ४५ लाख रुपैया“ पर्ने जर्मन बीएमडब्लू कारको भारतका लागि अधिकृत विक्रेता हुन् । यता, फेबु्रअरीमै भारतमा बिहेको गजबको संयोग जुरेको छ । संभवतः यही महिनामै चर्चित भारतीय अभिनेत्री ऐश्वर्या रायको अभिनेता अभिषेक बच्चनस“ग बिहे हु“दैछ ।
अर्को संयोग भनेको यो बिहेवारीमा पनि दुलही दुलाहाभन्दा उमेरमा जेठी छन् । दुलही ऐश्वर्या ३३ वर्षी र दुलाहा अभिषेक ३० वर्षा छन् भने उता देवयानीको उमेर ३६ र केटाको उमेर ३१ रहेको छ । यी दर्ुइबीचको बिहेको अर्को मिल्दोजुल्दो कुरा भनेको दुवै बिहेमा संलग्नहरुमध्ये एक-एक जनाको नाम ऐर्श्वर्य रहनु हो । देवयानीको दुलाहाको नाम ऐर्श्वर्य सिंह रहेको छ । देवयानी र ऐर्श्वर्य तीन वर्षो प्रेम प्रसङ्गपछि औपचारिक दाम्पत्य जीवनमा बा“धिन लागेका हुन् । तत्कालीन युवराज दीपेन्द्रस“ग नाम जोडिएको एउटी किशोरी देवयानीको वैवाहिक जीवनको टुङ्गो लागेको भए पनि दीपेन्द्रस“गै नाम जोडिएकी अर्की किशोरी सुप्रिया शाहको भने साइत अझै जुरिसकेको छैन ।
यसैबीच, स्वर्गीय राजा वीरेन्द्रका एकमात्र छोरी-ज्वाईं गोरखसमशेर राणाले श्रुतिकी नासो जेठीपुत्री गर्ीवाणी राणालाई भारतको मसुरीस्थित एक विद्यालयमा भर्ना गरिदिएर फर्किएका छन् । उता, धीरेन्द्रकी अर्की पत्नीपट्टकिी छोरीको अमेरिकामा बिजोग छ । दरबारकै गुरुजी पाण्डे खलकतर्फाट जया पाण्डेकी छोरी श्रेया शाह हाल अमेरिकाको बोस्टनस्थित वेलमण्डबीच ३४ ग्रोभस्टि्रटमा बसेर दश जोड दर्ुइमा अध्ययन गर्दैछिन् । श्रेया देख्नमा काटीकुटी धीरेन्द्रकी जेठी श्रीमती प्रेक्षापट्टकिी कान्छी छोरी दिलासाजस्तै छिन् । श्रेया हाल १८ वर्षा पुगिन् । छोरीलाई पढाउनसमेत धौ-धौ परेपछि जयाले अंश मागी दरबारमा बिन्तिपत्र हाल्दा पनि निष्ठुर दरबारले बेवास्ता गरिरहेको बताइन्छ ।
जनआस्था
No comments:
Post a Comment