नेपालको सम

Thursday, January 25, 2007

पहाडे कर्मचारीलाई अवकाश नदिए जनतान्त्रिक मोर्चाले कारबाही गर्ने

मुकेश बस्नेत

वीरगञ्ज ११ माघ २०६३ । स्वतन्त्र मधेश, मधेशीको चाहना भन्ने नारा लगाउँदै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत) समूहकाका देवेन्द्रले आज एक प्रेस विज्ञप्ति जारी गरी उद्योग, सरकारी बैंक, निजी बैंक, वा फाइनान्स र व्यापारिक प्रतिष्ठानमा जति पनि पहाडे समुदायका कर्मचारी छन् सात दिनभित्र अवकाश दिएर त्यस रिक्त पदमा केवल मधेशी समुदायको शिक्षित युवाहरुलाई भर्ती गर्न मांग गरेका छन् ।

सात दिनभित्र मोर्चाको कार्यकर्ताद्वारा निरीक्षण गरेमा कुनै पनि पहाडे कर्मचारी कार्यरत अवस्थामा भेटियो भने त्यस बैंक वा व्यापारिक प्रतिष्ठानमाथि सख्त कारबाही गरिनेछ जसको जिम्मेवार स्वयं व्यापारिक प्रतिष्ठान विज्ञप्तिमा उल्लेख छ । साथै सत्तासिन सात राजनीतिक दल र माओवादी कसैलाई पनि व्यापारिक प्रतिष्ठानले चन्दा नदिन आव्हान गर्दै चन्दा नदिएका कारण सात दल र माओवादीको धम्की वा चेतावनी आएमा त्यसको प्रतिकार स्वयं मोर्चाले गर्नुका साथै व्यापारिक प्रतिष्ठान र व्यापारिक सुरक्षा मोर्चाले गर्ने विज्ञप्तिमा उल्लेख छ ।

No comments: