नेपालको सम

Thursday, January 25, 2007

जनकपुर र लाहानमा आज पनि दिनभर कर्फ्यु, बिहानै प्रदर्शन

काठमाडौ ११ माघ २०६३ । विगत केही दिनदेखि अशान्त बन्दै आएको लाहानमा आज पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
स्थानीय प्रशासनले आज बिहान ७ बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । लाहानमा हिजो पनि बिहानैदेखि बेलुकासम्म कर्फ्यु लगाइएको थियो । कर्फ्यु खुलेको समयमा त्यहाँका सर्वसाधारणको चहलपहल निकै बढेको स्थनिय पत्रकार हरिहर साहले जनाएका छन् ।
त्यसैगरी बुधबार माओवादी र जनअधिकार फोरमका कार्यकर्ताबीच भएको झडपका कारण तनावग्रस्त बनेको जनकपुरमा आज पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ। आज बिहान कर्फ्यु खुलेको समयमा प्रदर्शनकारीले विभिन्न स्थानबाट प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनकारीले केही स्थानमा तोडफोड र आगजनीसमेत गरेको एफएन न्युज सम्वाददाताले जनाएका छन् ।

No comments: