नेपालको सम

Tuesday, January 16, 2007

कालाकोटेहरुको मतगणना सुरु मैनाली अग्रस्थानमा

काठमाडौ २ माघ २०६३ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसनको निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली अगाडि हुनुहुन्छ ।
केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व चयनका लागि गत शनिबार सम्पन्न निर्वाचनको मतगणना अहिले जारी छ । बारका महासचिव माधव बास्कोटाका अनुसार इलाम र धनकुटाको मतगणनामा प्रगतिशीलका तर्फबाट मैनाली ४५ र उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समूहका वरिष्ठ अधिवत्त mा बसन्तराम भण्डारीले २६ भोट प्राप्त गर्नुभएको छ । अहिले दुबै जिल्लाको मतगणना सकिएको पनि उहाँले जानकारी दिनुभयो । मुलुकभरका ३३ केन्द्रमा भएको निर्वाचनको मत पेटीका राजधानी ल्याइसकेपछि आज विहान ८ बजेदेखि रामशाहथपस्थित बारको कार्यालयमा मतगणना सुरु गरिएको हो । अध्यक्ष, उपाध्यक्षसहित विभिन्न १७ पदका लागि बारको निर्वाचन भएको हो ।

No comments: