नेपालको सम

Tuesday, January 16, 2007

>>मधेशी जनअधिकार फोरमको बन्दका कारण जनजीवन प्रभावित

काठमाडौ २ माघ २०६३ । मधेशी जनअधिकार फोरमले आव्हान गरेको बन्दका कारण आज तराईको जनजीवन प्रभावित भएको छ ।
फोरमले अन्तरिम संविधानमा मधेशीलाई समेट्न नसकेको, नागरिकता, जनगणना लगायतका विषयमा समेत अन्तरिम संविधान मौन रहेको भन्दै आज तराई बन्दको आव्हान गरेको हो । बन्दका कारण मोरङ, सुनसरी, झापा, सिराहा, सर्लाही, सप्तरी, धनुषा, बारा, पर्सा, महोत्तरी, नवलपरासी लगायत जिल्लाको जनजीवन प्रभावित भएको छ ।
छोटा दुरीका सवारी साधन चले पनि लामा दुरीका यातायात चलेको छैन । फोरमले असमान जनसंख्याको आधारमा निर्धारित गरिएको २ सय ५ संसदीय निर्वाचन क्षेत्रलाई खारेज गरी संविधानसभामा मधेशी, आदिवासी, जनजाति, महिला, दलित र अल्पसंख्यक समुदाय लगायत सबै वर्गको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणालीद्वारा संविधानसभा निर्वाचनको माग राखेको छ ।

No comments: