नेपालको सम

Wednesday, January 24, 2007

>>मानवअधिकार उल्लंघनकर्तालाई क्षमा दिनहुन्नः आर्बर


काठमाडौ १० माघ २०६३ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त लुइस आर्बरले शान्ति प्रक्रिया बिथोलिने बहानामा मानवअधिकार उल्लंघनका दोषीलाई क्षमा दिनु गलत हुने बताउनु भएको छ ।

संक्रमणकालिन अवस्थामा मानवअधिकार हनन् बारे गरिने छानविनले संवेदनशील राजनीतिक प्रक्रिया बिथोलिने बहाना देखाइने गरेको भन्दै आर्बरले कुनै पनि बहानामा दोषीलाई क्षमा दिइनु गलत हुने टिप्पणी गर्नुभएको हो ।

न्याय र मानवअधिकारको पूर्ण सम्मानको आधारमा मात्रै दिगो शान्ति स्थापना हुने आर्बरले जोड दिनुभयो । ६ दिने नेपाल भ्रमणको अन्त्यमा आज ललितपुरस्थित राष्ट्रसंघ भवनमा आयाजित पत्रकार सम्मेलनमा आर्बरले सो धारणा राख्नु भएको हो ।

राष्ट्रसंघीय उच्च आयुक्त लुइस आर्बर नेपालको ६ दिने भ्रमण पूरा गरी आज अपरान्ह जेनेभा प्रस्थान गर्नुभएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको मानवअधिकारको अवस्था बुझ्न गत शुक्रबार आएकी आर्बरले भ्रमण अवधिमा प्रधानमन्त्री, सेना तथा प्रहरीका उच्च अधिकारी, प्रमुख राजनीतिक दलका नेता, मानवअधिकारकर्मी लगायतसाग गम्भीर छलफल गर्नुभएको थियो । मध्ये पश्चिमका बाँके, बर्दिया तथा सिन्धुपाल्चोक जिल्ला गई उहााले द्वन्द्व पीडितहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनु भएको थियो । आफ्ना सबै जसो उच्च भेटघाटमा आर्बरले नेपालमा विद्यमान दण्डहीनताको प्रवृति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

No comments: