प्रधानमन्त्री निवासमा प्रचण्डः
प्रधानमन्त्री निवास बालुवाटारमा आज अन्तरिम व्यवस्थापिका संसदका विधायकहरुको स्वागतका लागि एक चियापान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा प्रधानमन्त्री, माओवादी अध्यक्ष प्रचण्ड, एमाले महासचिव माधवकुमार नेपाललगायत सबै दलका शिर्ष नेताहरुको सभागिता थियो । कार्यक्रममा प्रधानमन्त्रीले देशमा राष्ट्रिय एकता कायम हुँदै गएको बताउनुभएको थियो भने माओवादी अध्यक्ष प्रचण्डले मधेशको समस्या देखाएर संविधानसभा बिथोल्नेहरु सक्रिय भएको बताउनुभयो । प्रचण्डलाई कार्यक्रमस्थलमा लिएर जाँदै गृहमन्त्री कृष्णप्रसाद सिटौला । एजेन्सीहरु
No comments:
Post a Comment