नेपालको सम

Wednesday, January 24, 2007

>> माओवादीका कारण हतियार र छापामार दर्ता प्रक्रिया अवरुद्ध

काठमाडौ १० माघ २०६३ । माओवादी छापामारहरुको उमेरको विषयमा विवाद उत्पन्न भएपछि चितवनको शक्तिखोरस्थित माओवादी शिविरमा छापामार र हतियार दर्ता प्रक्रिया एक्कासी रोकिएको छ ।

माओवादीले प्रमाणीकरण टोलीलाई आफ्नो अनुकुल काम गर्न चर्को दबाव दिएपछि काम गर्न नसकिने भन्दै संयुक्त राष्ट्र संघीय टोलीले प्रमाणीकरणको काम मंगलबारदेखि रोकेको बताइएको छ।

माओवादीका डेपुटी कमाण्डर वर्षमान पुन अनन्तले पनि काम रोकिएको पुष्टि गर्नुभएको छ। संचारकर्मीहरुसँगको कुराकानीमा अनन्तले केही सामान्य विवादका कारण मंगलबारदेखि काम रोकिएको भए पनि कुरा मिलिसकेको र बिहीबारबाट पुनः दर्ता प्रक्रिया सुचारु हुने बताउनुभएको छ।

प्रमाणीकरणको कार्यमा संलग्न भूतपूर्व गोर्खा सैनिक अन्तरिम कार्यदलका एक सदस्यले लडाकुका लागि छान्ने प्रक्रियामा उमेर नपुगेका केही शारीरिक बनोट उपयुक्त नभएकालाई जबरजस्ती दर्ता गर्न लगाएकाले काममा अवरोध खडा भएको बताएका छन् । माघ १ गतेदेखि नै राष्ट्र संघीय अनुगमन टोलीका दुई जना, यूएनडीपी, युनिसेफका १२ जना र भूपू गोर्खा सैनिकबाट १३ जना सहितको टोली प्रमाणीकरणका लागि शक्तिखोर क्याम्पमा रहेको छ।

माओवादी सेना र हतियार दर्ता प्रक्रियामा माओवादीले प्रमाणीकरण गरेको सुरुका दिनमा छापामार दर्ता संख्या संचारमाध्यमलाई जानकारी दिदै आएकोमा हाल पछिल्लो पटक दर्ता संख्या दिएको छैन । राष्ट्र संघीय टोलीले माघ ३ गतेदेखि चितवनको शक्तिखोर र नवलपरासीको अरुणखोलास्थित माओवादीको मुख्य शिविरमा एकसाथ माओवादी सेना र हतियार दर्ता प्रक्रिया सुरु गरेको हो ।

No comments: