सैन्य शिविरमा अनुगमनकर्ताहरु:
संयुक्त राष्ट्र संघमा नेपालसम्बन्धी प्रतिवेदन यसै साता अनुमोदन हुने जानकारी नेपाल फर्कनु भएका राष्ट्र संघीय महासचिवका स्वकीय प्रतिनिधि इयान मार्टिले बताउनुभएको छ। साथै अगि्रम टोलीको सबै ३५ सदस्यीय सैन्य अनुगमनकर्तासमेत नेपाल आइसकेका छन् । साथै अन्तरिम कार्यदलका रुपमा पूर्व गोर्खा सैनिकहरुसमेत माओवादी सैन्य शिविरमा पुगिसकेको छन् । नेपालमा हाल रहेका सैन्य अनुगमनकर्ताहरुले माओवादीको विभिन्न सैन्य शिविरमा आफ्नो क्याम्प स्थापना गरिरहेका छन् । चितवनको शक्तिखोरमा स्थापना गरिएको राष्ट्र संघीय अनुगमनकर्ताको क्याम्प । तस्वीरः सौजन्यः राष्ट्र संघको नेपाल कार्यालय
No comments:
Post a Comment