>> जिल्लाका सवै प्रहरी चौकीहरू पुनःस्थापित
मोरङ । माघ १० गते
माओवादी सशस्त्र द्वन्द्वका कारण विस्थापित हुन पुगेका जिल्लाका सवै प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयहरू पुनःस्थापित गरिएको छन् ।
सो कुराको जानकारी जिल्ला प्रहरी कार्यालय मोरङले ०६३ माघ १० गते गराएको हो । द्वन्द्वका क्रममा ०५८ देखि ०६० सम्ममा माओवादीले बम विस्फोटन र आगजनी गरेका कारण जिल्लाका चार ओटा इलाका प्रहरी कार्यालय, २२ ओटा प्रहरी चौकीहरू र तीन ओटा सीमा प्रहरी चौकीहरू विस्थापित हुन पुगेका थिए । ती सवै कार्यालय र चौकीहरू पुनःस्थापित गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र शर्माले जानकारी गराएका हुन् ।
भवनहरू ध्वस्त भएका ठाँउमा स्थानीयवासीको सहयोगमा घर भाडामा लिएर ती चौकी तथा कार्यालयहरू पुनःस्थापित गरिएको उनको कथन छ । तीमध्ये पनि विराटनगर उमनपा-१६ स्थित बखरी, पोखरिया र डाँगीहाट गाविस, कलेरुवा,र मायागञ्जका प्रहरी चौकीहरूको सुरुदेखि नै आफ्नो भवन थिए । ती चौकीहरू वडा तथा गाविस कार्यालय भवनमा बस्दै आएका थिए । विस्फोटन र आगजनीका परेका ती प्रहरी चौकी र कार्यालयहरूको मर्मत सम्हारका लागि कुल साडे चार करोड खर्च अनुमान गरिएको छ । जसमध्ये इलााका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरू मर्मत गर्न प्रति ३० हजारदेखि ४० लाखसम्म खर्च लाग्ने उनको भनाइ छ । ती कार्यालय र चौकीहरूको गारो, छानो, झ्याल, ढोका थप्नुपर्ने तथा मर्मत गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।
दीपेन नेउपाने
No comments:
Post a Comment