नेपालको सम

Wednesday, January 24, 2007

>>माओवादीको केन्द्र, क्षेत्र र जिल्ला नेतासँग हतियार रहेको खुलासा

काठमाडौ १० माघ २०६३ । नेकपा माओवादीले सरकारसँग भएको सहमतिअनुसार ३५ केन्द्रीय सदस्य, १६ क्षेत्रीय इञ्चार्ज र ७५ जिल्ला सचिवको सुरक्षाका लागि हतियार राखेको स्पष्ट पारेको छ।

आज संचारकर्मीहरुसँग कुरा गर्दै नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेताहरुको सुरक्षाका लागि हतियार राखिएको पुष्टि गर्नुभएको हो । उहाँले भन्नुभयो, हतियार प्रमाणीकरण भइसकेपछि पनि हतियार लिएर हिडेको भन्ने कुरा सरकारसँगको सहमतिअनुसार नै नेतृत्वको सुरक्षाका लागि हतियारको व्यवस्थाको सम्झौता नै गरिएको बताउनुभयो । सोहीअनुसार आफूहरुले निश्चित हतियार लिएको बताउनुभयो ।

उहाँले सहमतिअनुसार केन्द्र, क्षेत्र र जिल्ला तहसम्मको नेतृत्वका लागि हतियार लिएको बताउनुभयो । नेताको सुरक्षाका लागि राखिएको हतियार नै माओवादीले लाहानमा प्रयोग गरेको अनुमान गरिएको छ । लाहानमा माओवादीका केन्द्रीय सदस्य राम कार्कीमाथि आक्रमण सुरु भएपछि गोली चलेकोले यस्तो अनुमान गरिएको हो ।

यसबाहेक माओवादीका मुख्य शिविरका लागि ३० र सहायक शिविरका लागि १० वटा हतियार पनि कन्टेनर बाहिर राख्ने सहमति यसअघि भएको थियो । त्यसैगरी बरिष्ठ नेता भट्टराईले आफू सरकारमा नजाने निर्णय पहिला नै गरिसकेको बताउँदै कृष्णबहादुर महराकै नेतृत्वमा सरकारमा जाने बताउनुभयो । प्रधानमन्त्री कोइरालाले केही दिनअघि प्रचण्ड र बाबुराम भट्टराईमध्ये एक जनालाई सरकारमा आउन आग्रह गर्नुभएको थियो ।

No comments: