
देशभरका तामाङ समुदायले २८ सय ४३ औं ल्होछार पर्व भव्यताका साथ मनाइरहेका छन् । हिजोदेखि सुरु तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछार १ सातासम्म विशेष पर्वको रुपमा मनाउने गरिन्छ । ल्होछारका अवसरमा आज तामाङ साँस्कृतिक घेदुङले राजधानीको भृकुटिमण्डमा एक कार्यक्रम आयोजना गर्यो । अन्तरिम व्यवस्थापिकाका सभामुख सुवास नेम्बाङले उद्घाटन गर्नु भएको कार्यक्रममामा विभिन्न पार्टी तथा जातीय संघ/संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।
No comments:
Post a Comment