>>मोरीयार्टीको भनाइमा सत्यता छैनः सरकार
२० जनवरी, २००७
माओवादीले आफ्नो आधुनिक हतियार कन्टेनरमा नराखी विहारवाट पुराना हतियार किनेर थन्काउन लागेको भन्ने अमेरिकी राजदुत मोरीयार्टीको भनाइलाई सरकारले खण्डन गरेको छ । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले राजदुतको भनाइमा कुनै सत्यता नरहेको वताउनुभएको छ । आज गृहमन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा गृहमन्त्री सिटौलाले माओवादीले आफ्नो सवै हतियार राष्ट्रसंघको निगरानीमै कन्टेनरमा थन्काउने विश्वास ब्यक्त गर्नुभयो । राजदुतको भनाइमाथि माओवादी प्रतिक्रिया नआइसकेको अवस्थामा गृहमन्त्रीले त्यसकुरामा आफुलाई विश्वास नलागेको वताउनुभयो ।माओवादी हतियार ब्यवस्थापन विश्वसनिय प्रकृयामार्फत भएकाले शंका गर्नु नपर्ने सिटौलाको दावी थियो । राजदुतलाई अव सरकारले स्पष्टीकरण सोध्छ त भन्ने जिज्ञासामा भने सिटौलाले केही जवाफ दिनुभएन । यसअघि अमेरीकि राजदुत मोरीयार्टीले माओवादीले विहारवाट पुराना हतियार किनेर थन्काउने र आफ्ना आधुनिक हतियारचाहीं वाहिरै राख्ने योजनामा रहेको वताएका थिए
No comments:
Post a Comment