नेपालको सम

Sunday, January 21, 2007

>> अन्तरिम संविधान संशोधन नभए बारले आन्दोलन गर्ने

काठमाडौ ७ माघ २०६३
नेपालबार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष विश्वकान्त मैनालीले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप हुने खालका अन्तरिम संविधानका प्रावधानहरुलाई नहटाए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
उहाँले अन्तरिम संविधानका निरकुंश प्रावधान जतिसक्दो छिटो संशोधन गरी स्वतन्त्र न्यायपालिकाको गरिमालाई कायम राख्न पनि आग्रह गर्नुभयो । शनिबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा नवनियुक्त अध्यक्ष मैनालीले न्यायपालिकाको स्वतन्त्रतामाथि धक्का पुग्ने गरी अन्तरिम संविधान जारी गरिएको बताउनुभयो । लोकतन्त्रमा कार्यपालिका व्यवस्थापिका र न्यायपालिकामाथि हस्तक्षेप नहुने बताउँदै उहाँले न्यायपालिकामाथि भने हस्तक्षेप भएको विचार राख्नुभयो ।
प्रधानमन्त्रीले प्रधानन्यायाधिशलाई सपथ खुवाएको प्रति पनि उहाँले आपत्ति जनाउनुभयो । कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष एवं अन्तरिम व्यवस्थापिकाका सदस्य राधेश्याम अधिकारीले अन्तरिम संविधानमा धेरै त्रुटि भएकाले व्यवस्थापिका संसदले त्यसलाई सच्याउने विश्वास व्यक्त गर्नुभयो । अधिकारीले अन्तरिम संविधानमा प्रधानमन्त्री हटाउन अविश्वासको प्रस्ताव राख्न सकिने कुनै न कुनै प्रावधान हुनुपर्दथ्यो भन्नुभयो ।

No comments: