>> शान्ति र सद्भाव कायम राख्ने सबैसँग सरकारको अपिल
काठमाडौ ११ माघ २०६३ । सरकारले शान्ति व्यवस्था र सामाजिक सद्भाव सुदृढ गर्न सबै राजनीतिक दल, संघ/संस्था, नागरिक समाज लगायत सम्पूर्ण नेपाली जनता समक्ष आज अपिल गरेको छ ।
मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सरकार दृढताका साथ क्रियाशील रहेको जनाउादै गृहमन्त्रालयले आज एक प्रेस विज्ञप्तिमार्फत अहिले देखिएको मधेशी, आदिवासी, जनजाति लगायत सम्पूर्ण विषयसाग सम्बन्धित समस्या तत्काल समाधान गर्न शान्तिपूर्ण ढंगले वार्ता र सम्वादका निम्ति सकारात्मक शैलीमा प्रस्तुत हुन सबै पक्षलाई आव्हान गरेको छ ।
गएको हप्तादेखि सिराहाको लाहान हुँदै मुलुकका विभिन्न भागमा भड्केको हिंसाले उग्र रुप लिन थालेपछि सरकारले आज यस्तो आव्हान गरेको हो ।
मन्त्रिपरिषदको अस्ति माघ ९ गते बसेको बैठकको निर्णय अनुसार यस्तो आव्हान गरेको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । आसन्न संविधानसभाको निर्वाचनबाटै मुलुकमा सम्पूर्ण राजनीतिक, सामाजिक तथा साँस्कृतिक समस्याहरुको समाधान गर्न सकिन्छ भन्ने सरकारको मान्यता रही आएको जनाउादै वक्तव्यमा वार्ता र सम्वादको माध्यमबाट सबै समस्या समाधान गर्न सबै पक्षमा आव्हान गरिएको छ ।
























No comments:
Post a Comment