>> कर्फ्यु कायमै वार्ताको वातावरण नबनेको फोरमको भनाइ
काठमाडौ १० माघ २०६३ । मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले तराई जनतान्त्रिक मुक्ति मोर्चा तथा मधेशी जनअधिकार फोरमलाई वार्तामा आउन आव्हान गरे पनि मधेशी जअधिकार फोरमले सरकारले वार्ताको वातावरण बनाउन नसकेको बताएको छ भने लाहानमा स्थानीय प्रशासनले आज पनि कर्फ्यु आदेश जारी गरेको छ।
फोरमद्वारा जारी विज्ञप्तिमा सरकारी दमन र हिंसाले वार्ताको न्युनतम वातावरण बन्न नसकेको जिकिर गरेको छ। आफ्नो आन्दोलन शान्तिपूर्ण रहेको दावी गर्दै फोरमले अन्तरिम संविधानमा मधेश, लोकतन्त्र, मानवअधिकार, आदिवासी जनजाति र दलितविरोधी प्रवधान संशोधन नभएसम्म आन्दोलन जारी रहने उल्लेख गरेको छ।
सिराहा र लाहानको स्थिति बिग्रन नदिन स्थानीय प्रशासनले बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । आज बिहान कर्फ्यु हटेका बखत त्यहाँको जनजीवन सामान्य रहेको बताइएको छ।
No comments:
Post a Comment