नेपालको सम

Wednesday, January 24, 2007

>> ६ सय सदस्य रहेको राष्ट्र संघीय टोली नेपाल आउने

काठमाडौ १० माघ २०६३ । राष्ट्र संघीय सुरक्षा परिषदमा नेपालमा राष्ट्र संघीय राजनीतिक मिसन स्थापनासम्बन्धी महासचिव वान की मुनले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।

महासचिव वानको प्रतिवेदनमाथि आधारित रहेर बेलायतले तयार पारेको मस्यौदालाई सुरक्षा परिषदका १५ सदस्यले सर्वसम्मतिले पारित गरेका हुन् । पारित मस्यौदामा नेपालमा शान्त्रि प्रक्रियामा भइरहेको प्रगतिको स्वागत गरिनुका साथै नेपालमा एक वर्षको अवधिका लागि राष्ट्र संघीय मिसन स्थापना गर्ने कुरालाई स्वीकृति दिइएको छ।

सुरक्षा परिषदको यो निर्णयपछि नेपालमा राष्ट्र संघीय पूर्ण मिसन स्थापना हुनेछ । मिसनमा अनुगमनकर्ता, विज्ञ र अन्तर्राष्ट्रिय कर्मचारीसहित ६ सयभन्दा बढीको टोली नेपाल आउनेछ । नेपालको शान्ति प्रक्रियामा नेपालकै स्वामित्व र सार्वभौम निर्णय अधिकार रहने गरी प्रतिवेदन पारित गरिएको हो । अब आउने राजनीतिक मिसनमा हतियार तथा चुनाव अनुगमनकर्तासहित अन्तर्राष्ट्रिय कर्मचारीसहितको ६ बढीको टोली रहनेछ भने तत्काल १ सय ८६ विज्ञ नेपाल आउनेछन् ।

No comments: