>>विदेश जान हिडेका हजारौ नेपाली भारतमा अलपत्र
काठमाडौ १९ पुस २०६३ । वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै विदेश पठाइदिन्छु भन्ने दलालसँग सचेत रहन भारतमा अलपत्र परेका नेपालीहरुले अपिल गरेका छन् ।
वैदेशिक रोजगारमा जानेले नेपालबाट सिधा हवाई उडान नभएका देशमा मात्र भारतीय भूमिको प्रयोग गर्नुपर्ने सरकारले पनि यसअघि नै जानकारी गराउँदै आएको छ। भारतीय राजधानी नयाँ दिल्लीको पहाडगञ्जमा हाल धेरै नेपालीहरु अलपत्र रहेको बताइएको छ। यूरोप, इराक, र खाडी मुलुक जान भनी दुई तीन वर्षदेखि त्यहाँ अलपत्र परेका सैयौ नेपाली त्यहाँ रहेका छन् ।
त्यसमा पनि पैसा खाएर दलाल बेपत्ता भएपछि दिल्लीको निम्नस्तरको होटलमा बसेर दलालको खोजी गर्नु नै धेरै नेपालीहरुको नियति बनेको छ। हाल दिल्लीस्थित प्रवासी संगठनहरुमा एक हजार बढी नेपालीले आफू ठगिएको निवेदन दिएको ती संगठनहरुले जनाएका छन् ।
No comments:
Post a Comment