>>लहान घटनाको विरोधमा धनुषामा तोडफोड
माघ ६ गते
सिरहाको लहानमा ०६३ माघ ५ गते भिडबाट चलेको गोलीबाट एक स्कुले विद्यार्थीको मृत्यु भएको घटनाको विरोधमा माघ ६ गते बिहानैदेखि धनुषाको जनकपुर र ढल्केवर क्षेत्रमा तोडफोड भएको छ ।
प्रदर्शनकारीले बिहानैदेखि पूर्व-पश्चिम राजमार्गको ढल्केवर चोकमा सडकमा टायर बालेर अवरोध खडा गर्नुका साथै चार ओटा मोटर साइकल तोडफोड गरेका छन् । जनकपुरमा प्रदर्शनकारीले चोक चोकमा टायर बालेर अवरोध गर्नुका साथै जुलुश प्रदर्शन गरी बजारसमेत बन्द गराएका छन् ।
प्रदर्शनको शुरुमा फोरमका कार्यकर्ताहरूको मात्र संलग्नता रहे पनि अहिले नेपाल सदभावना पार्टी तीनका भ्रातृ संगठनको समेत प्रत्यक्ष संलग्नता रहेको छ । यसैबीच माघ ६ गते बिहान नेपाल युवा मञ्चका धनुषा सचिव प्रमोद कर्ण एक प्रेस विज्ञप्ति जारी गर्दै लहान घटनाका दोषीलाई कारवाही गर्नु पर्ने, मृतक परिवारलाई क्षतिपूर्ती दिइनु पर्ने, गृहमन्त्रीले राजिनामा दिनु पर्ने र प्रधान मन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने जस्ता माग अघि सारेका छन् । सो विज्ञप्तिमा यी माग पुरा नभए अझ कडा आन्दोलन गर्ने र त्यसको परिणामको जिम्मेदारी सरकारले नै लिनु पर्ने जनाइएको छ ।
इश्वरी काफ्ले/रोशनदीप ढकाल
No comments:
Post a Comment