स्थिति साम्य पार्न बस्ने भनिएको सर्वदलीय बैठक हुन सकेन
सिरहा । माघ ६ गते
माओवादी कार्यकर्ताको गोलीले स्थानीय एक किशोरको मृत्यु भएपछि स्थितिलाई अनियन्त्रित हुन नदिन सात पार्टी माओवादी र प्रशासनबीच हुने भनिएको छलफल ०६३ माघ ६ गते साँझ ८ बजेसम्म हुन सकेन ।
छलफल हुन नसके पनि जिल्लास्थित सातै दलले आजै एक विज्ञप्ति प्रकाशन गरी सो घटना दुःखद भएको जनाउँदै मृतक रमेशकुमार महतोप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनीहरुले घटनाबारे एक छानबिन आयोग गठन गर्नुपर्ने जनाउँदै दोषीलाई कारवाहीको माग गरेका छन् । विज्ञप्तिमा संविधानसभाको चुनावलाई विथोल्न प्रतिगामी शक्तिहरु लागेकोले त्यसलाई असफल पार्न सबै जनता लाग्नुपर्ने उल्लेख गरिएको छ ।
यसैबीच, मधेशी जनअधिकार फोरम संर्घष समितिले मृतकको शवलाई लहान नगरपालिका परिक्रमा गरी महेन्द्र चोकमा राखेका छन् । उनीहरुले मृतकलाई शहिद घोषणा गरिनुपर्ने, महेन्द्रचोकमा शालिक बनाउनु पर्ने, हत्याको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने, मृतकको परिवारलाई २५ लाश क्षतिपूर्ति दिनुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गनुपर्ने लगायतका माग राखी माग पूरा नभएसम्म लाश नउठाउने बताएका छन् ।

No comments:
Post a Comment