>> नेपाली नोटमा राजाको ठाउँमा बुद्ध
काठमाडौं ११ माघ- सरकारले नेपाली नोटमा रहेको राजाको तस्विर हटाएर बुद्धको तस्विर प्रयोग गर्ने तयारी गरेको छ । राष्ट्र बैंकको सुझाव अनुसार एक हजार र पाँच सयको नोटवाट यसको शुरुवात गर्ने तयारी गरिएको छ ।
हालै बसेको मन्त्रीपरिषद्को बैठकले रुपैंया नमुना समितिले उपलब्ध गराएको बुद्धको तस्विरहरुको अवलोकन गरेको थियो । सरकारले यस अगाडि नै बैंकलाई रुर्पैयामा रहेको राजाको तस्विर हटाउने तयारीका लागि निर्देशन दिइसकेको थियो । स्रोतका अनुसार ६ महिना भित्र गौतम बुद्धको तस्विर सहितको नोट बजारमा आउने छ ।
No comments:
Post a Comment